Warning: A non-numeric value encountered in /home/radiobaadal/domains/radiobaadal.com/public_html/system/nepali_calendar.php on line 344

चौथो टी–२० मा भारतले वेस्ट इन्डिजलाई ९ विकेटले हरायो : निर्णायक खेल आज


भारतले चौथो टी–२० मा घरेलु टोली वेस्ट इन्डिजलाई ९ विकेटले हराएको छ । योसँगै पाँच टी–२० खेलको शृङ्खला २–२ को बराबरीमा पुगेको छ ।

जितको लागि १ सय ७९ रनको लक्ष्य पछ्याएको भारतले १७ ओभरमा १ विकेट गुमाउँदै भेट्टयो । भारतका यशस्वी जैसवाल ८४ रनमा अविजित रहे । शुभमन गिलले ७७ रन बनाए । गिल र जैसवालले १ सय ६५ रनको साझेदारी गरे । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो ।

वेस्टइन्डिजका शिम्रन हेटमायरले सर्वाधिक ६१ रन बनाए । शाई होप ४५ रनमा आउट भए । होप र हेटमायरबाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । वेस्ट इन्डिजले पहिलो खेल ४ रन र दोस्रो खेल दुई विकेटले जितेको थियो ।

त्यस्तै, तेस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । यी दुई देशबीचको पाँचौँ तथा निर्णायक टी–२० आज हुनेछ । यसअघि भएको तीन खेलको एकदिवसीय श्रृङ्खला पाहुना टोली भारतले २–१ ले जितेको थियो । 

प्रतिकृया दिनुहोस