Warning: A non-numeric value encountered in /home/radiobaadal/domains/radiobaadal.com/public_html/system/nepali_calendar.php on line 344

सिरहामा स्रोत नखुलेको लाखौँ रकमसहित एक जना पक्राउ 

सिरहाबाट स्रोत नखुलेको नौ लाख रकमसहित एक जना पक्राउ परेको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा जिल्लाको सिरहा नगरपालिका  १७ मा बसोबास गर्ने ४८ वर्षीय सञ्जीवकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। साहलाई प्रहरीले शुक्रबार अपराह्न भारतबाट नेपालतर्फ आउँदै गर्दा गोप्य सूचनाका आधारमा खटिएक पक्राउ गरेको हो। 

साहको साथबाट प्रहरीले शरीरमा बेरेर राखिएको दुई लाख २० हजार र भारतीय रकम ४६ हजार एक सय, मोरटसाइकलमा लुकाएर राखेको ६ लाख गरी जम्मा आठ लाख ७५ हजार सात सय ६० का साथै उनि सवार बा१२प १६३७ नम्बरको मोरटसाइकल बरामद गरेर थप कारवाहीको लागि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। 

प्रतिकृया दिनुहोस