Warning: A non-numeric value encountered in /home/radiobaadal/domains/radiobaadal.com/public_html/system/nepali_calendar.php on line 344

‘पत्रकार हुँ’ भन्दै दसैँ खर्च माग्ने पर्साका एक जना बाराबाट पक्राउ 

सर्लाही - बारामा आफू ‘पत्रकार हुँ’ भन्दै दसैँ खर्च माग्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१० अशोकवाटिका बस्ने २६ वर्षीय रवि कुमार वर्णवाल रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

वर्णवालाले आफु "पत्रकार हुँ" भन्दै बिभिन्न व्यक्ति र प्रहरिहरुसंग दशैँ खर्च माग्ने क्रममा बिबाद गरि अभद्र व्यवहार गरेको आरोप लागेको छ। 
 
वर्णवालले पत्रकार हुँ भनी दर्ता नै नभएको अनलाइन न्युज पोर्टल र फेसबुक प्रयोग गरी विभिन्न पत्रकार तथा प्रहरीको चरित्रहत्या गर्ने मनसायले झुट्टा, कपोकल्पित र भ्रामक विषयहरू प्रकाशन गरेको पाईएपछि उनलाई पक्राउ गरि आवश्यक कानुनी कारबाही अगाडी बढाइएको हो ।

प्रतिकृया दिनुहोस