Warning: A non-numeric value encountered in /home/radiobaadal/domains/radiobaadal.com/public_html/system/nepali_calendar.php on line 344

कटहरिया मेयर कपको उपाधि सिम्रौनगढलाई 

सिम्रौनगढ - रौतहटको कटहरियामा पहिलोपटक आयोजना गरिएको अन्तरजिल्ला टी २० नक आउट क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको फाइनल खेलमा सिम्रौनगढ टिम विजयी भएको छ। नगर प्रमुख अजयप्रकाश जैसवालको पहलमा गत असोज २९ गतेदेखि जारी अन्तरजिल्ला टी २० नक आउट क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको फाइनल खेलमा सिम्रौनगढ टिमले वीरगन्ज टिमलाई ७ विकेटले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो। 

बुधबार टस जितेर पहिले ब्याटिङ गरेको सिम्रौनगढ टिमले निर्धारित २० ओभरको खेलमा पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १३३ रन बनाएको थियो।१३४ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेको वीरगन्ज टिमले पूरा २० ओभर खेल्दै ९ विकेट गुमाएर मात्र १२७ रन बनाउन सक्यो।

खेलमा मैन अफ दि म्याच सिम्रौनगढ टिमका अरविन्द बैठा घोषित भए। बैठाले मात्र २७ रन दिएर महत्त्वपूर्ण ४ विकेट लिएका थिए। त्यसैगरी सोही टिमका आदिल अन्सारी वेस्ट ब्याट्सम्यान घोषित भएका थिए । उनले ७९ रन बनाएका थिए । त्यस्तै म्यान अफ दि सिरिज वीरगन्ज टिमका रञ्जित कर्णलाई घोषित गरिएको थियो। कर्णले पुरै खेलमा ९ विकेट लिएका थिए। नगर प्रमुख आजय प्रकाश जैसवालले विजेता टिम सिम्रौनगढालाई नगद ७१  हजारका साथै सिल्ड र मेडल प्रदान गरेका थिए।

त्यसैगरी उपमेयर रितादेवि यादवले उपविजेता वीरगन्ज टिमलाई ३५ हजार नगद तथा सिल्ड मेडल प्रदान गरेकी थिइन् । स्थानीय खेलाडीलाई क्रिकेट प्रति आकर्षण जगाउने उद्देश्यले कटहरिया नगरपालिकाद्वारा जिलान्तर प्रतियोगिताको आयोजना गरिएको मेयर जैसवालले बताए। प्रतियोगितामा ८  टिमले भाग लिएका थिए। आयोजक समितिका राजेश साहका अनुसार  रौतहटको कटहरिया, गरुडा, गौर, चन्द्रनिगाहपुर, बाराको सिम्रौनगढ, कलैया, वीरगन्ज र हेटौँडाको गरी ८ वटा क्रिकेट टिम खेलमा सहभागी थिए। प्रतियोगितामा आइसिसीको डी आर एस बाहेक सबै नियम लागु भएको थियो। प्रतियोगितामा अम्पायरको भूमिका शागर यादव र मुकेश झाले गरेका थिए।

प्रतिकृया दिनुहोस