Warning: A non-numeric value encountered in /home/radiobaadal/domains/radiobaadal.com/public_html/system/nepali_calendar.php on line 344

महागढीमाईमा चोरी गरेको सामानसंगै एक भारतीयसहित ६ जना किशोर पक्राउ

प्रतिकात्मक तस्बिर

सर्लाही - बारामा चोरी गरेको सामानसहित ६ जना किशोर पक्राउ परेका छन्। शनिबार दिउँसो जिल्लाको महागढीमाई नगरपालिका-५, बगडमपुरमा स्थानीय नरेन्द्र जैसवालको घरमा रहेको बिभिन्न सामानसहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 

प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाकै महागढीमाई नगरपालिका-५ बगडमपुर बस्ने १३ वर्षीय, १२ वर्षीय ३ जना, , १० वर्षीय र भारतको पूर्वी चम्पारण बस्ने १४ वर्षीय एक जना गरि छ जनालाई पक्राउ गरिएको छ। 

प्रहरीले खोजीको क्रममा उनीहरुको साथबाट पित्तलको कचौरा १ थान र  पाएल १३ थान,सिक्री १ थान, सिक्का १४ थान, ढीका १ थान, लकेट २ थान, कानको रिङ ४ थान, फुली ४ थान, क्यामेरा १ थान, मोबाईल १ थान, औठी १ थान र बिन्दिया १४ थान लुकाई राखेको अवस्थामा भेटाएको जनाएको छ। 

उनीहरुलाई  प्रहरी चौकी गंजभवानिपुरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। यस घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस