Warning: A non-numeric value encountered in /home/radiobaadal/domains/radiobaadal.com/public_html/system/nepali_calendar.php on line 344

महागढीमाईबाट २९ केजी गाँजासहित मोटरसाइकल बरामद

सर्लाही - बाराको महागढीमाई नगरपालिका वडा नं. ६ बाट प्रहरीले २९ केजी गाँजा बरामद गरेको छ। हिजो (शुक्रबार) उक्त स्थानमा चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा भेटिएको थियो। 

प्रहरीका अनुसार प्र २–०३–०२२ प ४५३५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा गाँजा भेटिएपछि गाँजा त्यहि छोडेर मोटरसाइकलमा सवार मान्छे मोटरसाइकलसहित फरार भएका थिए। 

मोटरसाइकलमा खोज्ने क्रममा  माहागढिमाई नगरपालिकाकै वडा नं. ११ मधुरी मोटोलको बासँ घारीमा उक्त मोटरसाइकल फेला परेर प्रहरीले बरामद गरेको छ। यस घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

प्रतिकृया दिनुहोस