Warning: A non-numeric value encountered in /home/radiobaadal/domains/radiobaadal.com/public_html/system/nepali_calendar.php on line 344

बारा मधुवनकि एक महिलाको काठमाडौँमा फ्रिज चलाउने क्रममा करेन्ट लागेर मृत्यु

बाराकी एक महिलाको काठमाडौँमा करेन्ट लागेर मृत्यु भएको छ। बारा जिल्लाको  मधुवन नगरपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-१६ नयाँबजारमा डेरा गरि बस्दै आइरहेकि ३४ वर्षीया लिलावती चौघरीको  फ्रिज चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

चौधरी काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित आफैले संचालन गरेको चौधरी खाजा घरमा शनिबार दिउँसो फ्रिज चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन्। घाइते चौधरीलाई उपचारको लागि महारजगंजस्थित शिक्षण अस्पतालमा लगिएको थियो। उनको आज (आइतबार) उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस घटनाका सम्बन्धमा थप सम्बन्ध भईरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस