Warning: A non-numeric value encountered in /home/radiobaadal/domains/radiobaadal.com/public_html/system/nepali_calendar.php on line 344

बाराको कलैयामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बारामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

आज (शनिबार) बिहान जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका-१६ ग्रिनलाईट होटल अगाडि कलैयाबाट पिलुवातर्फ जाँदै गरेको ज.१२ प ७१५४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। 

मृत्यु हुनेमा चालक कञ्चनपुर भिमदत्त नगरपालिका-११ बस्ने २६ वर्षीय आकाश सोनार रहेको प्रहरीले जनाएको छ। सोनार दुर्घटनामा परि गम्भीर घाइते भएका थिए।

 घाइते सोनारलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया बारा हुँदै एलएस न्यूरो अस्पताल परवानीपुरमा थप उपचारको लागि लगिएकामा सोहि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

प्रतिकृया दिनुहोस