Warning: A non-numeric value encountered in /home/radiobaadal/domains/radiobaadal.com/public_html/system/nepali_calendar.php on line 344

सर्लाहीमा भारतीय मोटरसाइकलको ठक्करबाट पुरुषको मृत्यु

गोडैता - सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक साईकलयात्रीको मृत्यु भएको छ। जिल्लाको ईश्वरपुर नगरपालिका-२ मिँयाखोरस्थित सडकमा बीआर ०६ बीके ५३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय महलाजिम अंसारीको मृत्यु भएको हो। 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका अंसारीको हिजो (बुधबार) बयलबासस्थित अमृत हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै उक्त दुर्घटनामा अर्का एक जना घाइतेसमेत भएको तथा घाइतेको अहिले बयलबासस्थित सिद्धि बिनायक अस्पतालमा उपचार भईरहेको छ। यस घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस