बाराकी एक महिला वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिन्छु भन्दै लाखौँ रकम ठगेको आरोपमा पक्राउ 

सर्लाही - वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा घर भएर हाल काठमाडौँ बस्ने ४३ वर्षीय सुस्माकुमारी खड्का रहेकी छन् । 

 

खड्काले राजु शाहीलाई पोर्चुगलको होटलमा वेटरमा काम लगाइदिन्छु, मासिक १ लाख २० हजार रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारेकी थिइन् । पीडित शाहीसँग पटक–पटक गरी ७ लाख ५० हजार रुपैयाँ लिएर उनी सम्पर्कविहीन बनेकी थिइन् । 

 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खड्कालाई मंगलबार बानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग तहाचल पठाएको छ । 

प्रतिकृया दिनुहोस