Warning: A non-numeric value encountered in /home/radiobaadal/domains/radiobaadal.com/public_html/system/nepali_calendar.php on line 344

जमुनिया - कलाबन्जर गाउँलाई जोड्ने झोलुङ्गे पुलको मर्मत सम्भार कार्य पचरौता नगरपालिकाबाट हुने 

सिम्रौनगढ - पचरौता नगरपालिका वडा नम्बर ९ कलाबन्जर र आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८ जमुनिया गाउँलाई जोड्ने झोलुङ्गे पुलको मर्मत सम्भार कार्य परचरौता नगरपालिकाबाट शुरु गरिने बताइएको छ ।

विगत लामो समयदेखि पुलको अवस्था बिग्रदैँ गइरहेकोले आवतजावत गर्दा कठिनाइ भइरहेको थियो । झुलुङ्गे पुलबाट आवत जावत गर्न दिनहुँ हजारौ बटुवाहरु आइरहने गर्दछ्न् । सरोकारवालाहरुलाई बारम्बार ताकेदा गर्दा पनि कुनै किसिमको चासो न देखिएकोले यसको मर्मत तथा सम्भार कार्यको जिम्मा पचरौता नगर प्रमुख जलन्धर सिंहले लिएका छन। 

हिजो (आईतबार) राति मात्र फोन मार्फत वहाँलाई झुलुङ्गे पुलको अवस्थाबारे जानकारी गराइएको थियो। आज (सोमबार) बिहान पालिकाबाट प्राविधिक टोली पठाई यस पुलको अवस्थाबारे जानकारी लिनुभएको छ । 

May be an image of 4 people

जनताको लागिअहोरात्र खटने नगर प्रमुख जलन्धर सिंहले मर्मत सम्भार कार्यका लागि अग्रसरता देखाएकोमा जमुनिया र कलाबन्जर गाउँलेहरुले वहाँलाई हार्दिक धन्यबाद प्रकट गर्दै यथाशीघ्र मर्मत सम्भार कार्य सम्पन्न हुनेमा आशा ब्यक्त गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस