Warning: A non-numeric value encountered in /home/radiobaadal/domains/radiobaadal.com/public_html/system/nepali_calendar.php on line 344

निजगढबाट ६० बर्षिया बृद्व ११ बर्षिया बोल्न नसक्ने बालिका बलात्कार आरोपमा पक्राउ

बारामा ११ बर्षिया बोल्न नसक्ने बालिकालाई बलात्कार गरेको आरोपमा ६० बर्षिया बृद्व पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको निजगढ नगरपालिका – १२ निवासी राना साइँला भन्ने सोमबहादुर लुम्बा रहेको प्रहरीले जनाएको छ। 

लुम्बाले बोल्न नसक्ने ति ११ बर्षिया बालिकालाई बलात्कार गरेको भन्ने सूचना पाउँन साथ जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी खटिएर उनलाई पक्राउ गरिसकेको छ। 

बालिकाको अहिले जिल्ला सदरमुकाम कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। यस घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको छ। 

प्रतिकृया दिनुहोस