बारामा सिम्रौनगढ नगरपालिका र आदर्श कोतवाल गाउँपालिकाले अझै ल्याउँन सकेनन् बजेट

सर्लाही - बाराका दुई वटा स्थानिय तहले आर्थिक वर्ष २०८०/८१ को बजेट अझै सार्वजनिक गर्न सकेका छैनन् । जिल्लाका १६ वटा स्थानीय तह मध्ये सिम्रौनगढ नगरपालिका र आदर्श कोतवाल गाउँपालिकाले अझै सम्म पनि बजेट ल्याउँन नसकेका हुन्। 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार पालिकाले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यायको अनुमान गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । उक्त स्थानीय तहहरुमा जनप्रतिनिधिबीचको आपसी द्वन्द्वका कारण नयाँ बजेट आउन नसकेको जनाइएको छ।

जिल्लाको सिम्रौनगढ नगरपालिकामा जनप्रतिनिधिबिँचको आपसी द्वन्द्वका कारण अझैसम्म पनि बजेट आउँन सकेको छैन। यस बिषयमा नगरपालिका कार्यालयसंग बुझ्दा जनप्रतिनिधिबिँच सहमत हुन् नसकेर हालसम्म बजेट आउँन नसकेको तथा आउँदो आइतबार नगरसभाको आयोजना गरेको बताइएको छ। 

यता, आदर्श कोतवाल गाउँपालिकामा भने पूर्व प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको र त्यस पछि गाउँपालिकामा उपस्थित हुने प्रमुख प्रशासकीय अधिकृत आउँन ढिला भएका कारण हालसम्म बजेट आउँन नसकेको आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष जवाहर प्रसाद साहले बताउँनु भयो। अध्यक्ष साहले गत असार आफ्नै घरमा संचालन गरेका थिए। त्यसपछि उनीहरुबिँच सहमति जुट्न नसकेको बताइएको छ। 

प्रतिकृया दिनुहोस