बाराका एक युवक सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा काठमाडौँमा पक्राउ

प्रतिकात्मक तस्बिर

सर्लाही - बाराका एक युवक सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा काठमाडौँमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको सिमरा नगरपालिका–१४ घर भएका ठमेल बस्ने २३ वर्षीय रोहन शाह रहेको प्रहरीले जनाएको छ। 

 

शाहलाई काठमाडौँ महानगरपालिका–३२ स्थित नाककाट्य मन्दिर नजिक सडकबाट सुनको सिक्री लुटेर भाग्दै गरेको अवस्थामा बिहिबार राति पक्राउ गरिएको हो। 

 

शाहले सोही महानगरपालिका–३२ नाककाट्य मन्दिर नजिक सडकमा हिँडिरहेकी २२ वर्षीया युवतीको सुनको सिक्री लुटपाट गरेका थिए । लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई लुटी लगेको सिक्रीसहित पक्राउ गरेको हो ।
 

प्रतिकृया दिनुहोस