आदर्श कोतवालको वडा नम्बर एक चिउटाहाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ बितरण गर्दै

file image

नूर आलम बादशाह, १७ मङ्सिर, बारा - आदर्श कोतवाल गाउँपालिका वडा नम्बर एकले किसानहरुलाई अनुदानको गहुँको बिउ बितरण कार्य सुरु गरेको छ । वडाका किसानहरुलाई बिशेष सहुलियत रुवरुप र प्रथमिकता साथ गहुँको बिउ अनुदानमा बितरण कार्य सुरु गरेको वडा अध्यक्ष सुनील कुशवाहाले जानकारी दिए । गहुँको बिउ वितरण कार्यक्रममा बोल्दै आदर्श कोतवाल वडा नम्बर एकका वडा  अध्यक्ष सुनील कुशवाहाले किसानका समस्या समधानका लागि आफुले सक्दो प्रयास गर्ने र उत्पादनलाई व्यवसायिक बनाउन र जमिन बाँझो नरहने गरि कृषिका विभिन्न उत्पादनलाई अगाडी बढाउन सबै किसानले उर्जाशील भएर कार्य गर्नुपर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

वडाले किसानको मागलाई ध्यानमा राखी उनीहरुले सिफारिस गरिएको उन्नत जातको सुधारिएको गहुँको बीउमा किसानलाई अनुदान दिएको हो। 
वडाले ५० प्रतिशत अनुदानमा किसानहरुलाइ गहुँको बिउ बितरण गर्न सुरु गरेको छ। वडा कार्यालयले वडा भित्रका सबै किसानहरुलाई ५० प्रतिशतमा अर्थात प्रति किलो ४५ रुपैयामा गहुँको बितरण गरिने र त्यसका लागि १० लाख बराबराको बिउ खरिद गरीएको वडा अध्यक्ष सुनील कुशवाहाले जानकारी दिए । दुई जातको गहुँको बिउ खरिद गरिएको जसमा बिजय र एनएल जातको बिउ बितरण गरिएको कुशवाहाले बताए ।

प्रतिकृया दिनुहोस