राष्ट्रिय सेवा दलको तालिमका सहभागीहरुलाई सम्मानसहित बिदाई

file image

नूर आलम बादसाह, बारा - अनुशासित र वफादारिता तथा आपातकालिन अवस्थामा स्वयम सेवीको भुमिका निर्वाह गर्न सक्ने उद्देश्यले सेनाले राष्ट्रिय सेवा दल (एनसिसि)को तालिम लिएका श्री राम चरित्र माविका छात्रछात्राहरुलाई आज सम्मानसहित बिदाई गरिएको छ। 

तालीममा सहभागी भएका ३६ सहभागी र अभिभावक समेतको उपस्थितिमा उक्त बिदाई कार्यक्रम बिधालयको प्रांगणमा सम्पन्न भएको हो । 

बिदाई कार्यक्रममा प्रमुख अथितिका रुपमा गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साह, बिशिष्ट अतिथिमा बिधालयका प्रअ दिनेश साह, संयुक्त सैनिक परिवार संस्थाका अध्यक्ष दीपक भण्डारी, कृषि शाखा प्रमुख राधे श्याम साह, बिधालय ब्यवस्थापन समिति अध्यक्ष मोना पटेल, शिक्षक पदम् राज चौधरी, शिक्षिका देवकी थापालगायत उपस्थित थिए । 

पहिलो चरणको तालीम पश्चात् थप २१ दिने तालिमका लागि सहभागी छात्रछात्राहरुलाई आज बर्दिबासको लागि बिदाई गरिएको छ । कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक पप्पू कुशवाहाले गरेका थिए ।

प्रतिकृया दिनुहोस