Warning: A non-numeric value encountered in /home/radiobaadal/domains/radiobaadal.com/public_html/system/nepali_calendar.php on line 344

बाराको पचरौतामा प्रमुख प्रशासकीय अधिकृतको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

 

१७ फाल्गुन बारा : नूर आलम बादशाह 
रौतहटको कटहरिया नगरपालिकाबाट सरुवा भइ बाराको पचरौता  नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेका छन् ।
कार्यालयमा हाजिर भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत गौरी कुमार सिंहलाई बिहिबार औपचारिक स्वागत गरिएको छ भने प्रमुख प्रशासकीय अधिकृत महेश कुमार मिश्रलाई सम्मान सहित विदाई गरियो ।
रौतहटको कटहरिया नगरपालिकाबाट आउनु भएका सिंहलाई नगर प्रमुख जलन्धर सिंह र उपप्रमुख नसीमा खातुनले अविर र फूलसहित स्वागत गरे भने सरुवा भई सिम्रौनगढ़ नगरपालिकामा जान लागेका मिश्रलाई मायाको चीनोसहित विदाई गरेका थिए ।
सो कार्यक्रममा वडा अध्यक्षहरु लक्ष्मी यादव, मकबूल मियाँ, बनारसी मुखिया बिन, धेनुक राउत कुर्मी, गगनदेव यादव, समाजसेवीहरु नसिर अंसारी, नेवाजी अंसारी, सुरेश यादव, जय नारायण राउत, पोषण पासवान, नरेश पटेल, प्रभु शर्मा, बिनोद सिंह,  नगरपालिकाका कर्मचारी समेतको उपस्थिती रहेको कार्यक्रममा उपप्रमुख नसीमा खातूनरले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन ।
नगर प्रमुख सिंहले प्रमुख प्रशासकीय अधिकृत मिश्रको काम गर्ने शैलीको प्रशंसा गर्दै थुपै्र जटील काम सजिलै फत्ते गरेको उदाहरण सुनाए  । नगरपालिकामा विकास तिव्र गतीमा बढीरहेको भन्दै नगर प्रमुख सिंहले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई जनप्रतिनिधिले सहज बातावरण बनाउने विश्वास व्यक्त गरे ।
सिम्रौनगढ़मा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत मिश्रले जनप्रतिनीधी र कर्मचारीबीच सहज बातावरण बनेको भन्दै सहयोग गर्ने सबैमा धन्यवाद प्रकट गरे । भर्खरै जिम्मेवारी सम्हालेका प्रमुख प्रशासकीय अधिकृत सिंहले सरकारको म्याण्डेट अनुसार नगरपालिकाको समग्र विकास, काम र सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन्। 

 

 

प्रतिकृया दिनुहोस